पात्रो

रेडियो

समाचार खोजी

‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन

साझा अर्थ संवाददाता २९ जेठ २०८३, शुक्रवार

काठमाडौँ, २९ जेठ : हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन भएको छ। अर्थोपेडिक उपचार, ट्रमा व्यवस्थापन र हाडजोर्नी उपचारमा संलग्न चिकित्सकहरूको उपस्थितिमा बिहीबार गठित सोसाइटीको संरक्षकमा वरिष्ठ चिकित्सक प्रा डा रमेशप्रसाद सिंह रहेका छन्।

सोसाइटीको वरिष्ठ उपाध्यक्षमा डा शैलेन्द्रकुमार दुवाल श्रेष्ठ, उपाध्यक्षमा डा हेमन्तकुमार गुप्ता, महासचिवमा डा विजयन्द्र अधिकारी, कोषाध्यक्षमा डा आलोक पाण्डे, सहसचिवमा डा पविन थापा र सहकोषाध्यक्षमा डा सन्जित झा चयन भएका छन्। सातै प्रदेशका प्रदेशस्तरीय सदस्यहरू समेत तोकिएको छ।

अध्यक्ष डा लामिछानेले नेपालको हाडजोर्नी सेवालाई सुलभ, गुणस्तरीय र सर्वसाधारणको पहुँचमा पुर्याउन सोसाइटी गठन गरिएको बताए। उनले ट्रमा सेन्टरको विकास र विस्तार, जनचेतना अभिवृद्धि, अनुसन्धानमूलक क्रियाकलाप, ट्रमा सर्जरीको गुणस्तर वृद्धि, दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा पुर्याउने र नीति निर्माण तहमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

सोसाइटीले सडक दुर्घटना, कार्यस्थलका चोटपटक र विपद्का कारण नेपालमा ट्रमाको समस्या विकराल बन्दै गएको अवस्थालाई ध्यानमा राखी विज्ञहरूबीच ज्ञान तथा प्रविधिको आदानप्रदान गरी सेवालाई प्रभावकारी बनाउने उल्लेख गरेको छ।

नेपालमा हाल करिब ९०० हाडजोर्नी विशेषज्ञ रहेको र दुर्घटना तथा विपद्का गम्भीर चोटपटकको उपचारमा उनीहरूको संलग्नता रहेको सोसाइटीले जनाएको छ।

58 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु