घटस्थापना आउन दुई साता मात्रै बाँकी हुँदा पनि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने टुङ्गो लागेको छैन । सरकार र व्यवसायीबिच भाडादर वृद्धि गर्ने विषयमा सहमति हुन नसक्दा अग्रिम टिकट बुकिङ अन्योल भएको हो । पेट्रोलियम पदार्थको मूल्यमा हुने परिवर्तनलगायतका आधारमा हरेक वर्ष चैत मसान्तभित्र भाडादर समायोजन गर्नुपर्ने नीति छ । तर, पछिल्लो तीन वर्षदेखि त्यसअनुसार भाडादर समायोजन हुन नसकेको यातायात व्यवसायीहरूको गुनसो छ सरकारले भने चाडपर्वको वेला भाडादर बढाउन नहुने बताउदै आएको छ । १० असोजको आसपासबाटै अग्रिम टिकट बुकिङ खुलाउने तयारी यातायात व्यवस्था विभागले गरेको छ ।
सरोकारवालाहरु बिच यातायात मन्त्रालयमा भएकोे बुधबारको बैठकमा सरकारले १० गतेदेखि अग्रिम बुकिङ खुलाउन व्यवसायीहरूलाई प्रस्ताव गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बुधबारको बैठक भाडादर समायोजन गर्नुपर्ने, सडक मर्मत गर्नुपर्नेलगायतका माग व्यवसायीले गरेको बताए । अब आइतबारपछि बैठक बसेर ठोस निर्णय हुने उनको भनाई छ ।
साझा अर्थ संवाददाता