पात्रो

रेडियो

समाचार खोजी

२० मध्ये ९ बैंकले घटाए ब्याजदर, ११ ले राखे स्थिर

साझा अर्थ संवाददाता १ फागुन २०८२, शुक्रवार
काठमाडौं । वाणिज्य बैंकहरुले फागुन १ गतेदेखि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक सूचनाअनुसार २० वाणिज्य बैंकमध्ये ९ वटाले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ११ वटाले माघ महिनाकै दरलाई निरन्तरता दिएका छन् ।
 
माघ महिनामा ४.६८४५ प्रतिशत रहेको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर फागुनमा ०.११५५ प्रतिशतविन्दुले घटेर ४.५६९ प्रतिशतमा झरेको छ। संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत दर पनि समीक्षा अवधिमा ०.०५१५ प्रतिशतविन्दुले घटेको छ।
 
फागुनका लागि सबैभन्दा बढी ब्याजदर कटौती गर्ने बैंक ग्लोबल आइएमई बैंक रहेको छ । उक्त बैंकले माघमा ५.५ प्रतिशत रहेको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.७५ प्रतिशतविन्दुले घटाएर ४.७५ प्रतिशत कायम गरेको छ ।
 
यसैगरी सिद्धार्थ, एभरेष्ट, नेपाल एसबीआई, प्राइम कमर्सियल र कृषि विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ४.२५ प्रतिशत कायम गरेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४.२५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा र सानिमाले ४.५ प्रतिशत तथा ग्लोबल आइएमईले ४.७५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।
 
माघकै दरलाई निरन्तरता दिने बैंकहरुमा कुमारी, सिटिजन, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, प्रभु, एनएमबि, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक र नेपाल बैंक रहेका छन् । फागुनमा पनि नेपाल बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ५.१ प्रतिशत ब्याजदर दिने भएको छ । कुमारीले ४.४३ प्रतिशत, सिटिजन र लक्ष्मी सनराइजले ४.५ प्रतिशत तथा अन्य केही बैंकले ५ प्रतिशत दर कायम राखेका छन् ।
 
संस्थागत मुद्दति निक्षेपतर्फ अधिकतम ४ प्रतिशत ब्याजदर कायम रहेको छ । हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले उक्त दरमा ब्याज उपलब्ध गराउने जनाएका छन् ।
25 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ