पात्रो

रेडियो

समाचार खोजी

हरेक दिन रेकर्ड ब्रेक गर्दै सुनको मुल्य, तोलाकै एक लाख ५६ हजार ८ सय

साझा अर्थ संवाददाता ३० भदौ २०८१, आइतवार

 



काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड कायम गर्न थालेको छ ।  शुक्रबार प्रतितोला ३ हजार रुपैयाँले बढेको सुनको मूल्यले रेकर्ड ब्रेक गरेको थियो ।  
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य पुनः ५ सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख ५६ हजार ८ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

 
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ४० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । 

 

322 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता