पात्रो

रेडियो

समाचार खोजी

गभर्नर पौडेल र पिपुल्स बैंक अफ चाइनाका गभर्नर फानबीच भेटवार्ता

साझा अर्थ संवाददाता १४ माघ २०८२, बुधवार

चीन : नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र पिपुल्स बैंक अफ चाइना (पीबीओसी) का गभर्नर श्री फान कोडसङबीच बुधबार भेटवार्ता भएको छ ।

 

बैंक फर इन्टरनेशनल सेटलमेण्ट (बीआइएस) द्वारा चीनको थिआनचिनमा आयोजित '२० औं एसिया प्यासिफिक हाई लेभल मिटिङ अन बैंकिङ सुपरभिजन' कार्यक्रममा सहभागी हुने क्रममा उहाँहरूबीच भेटवार्ता भएको हो।

 

भेटका अवसरमा उहाँहरूबीच नेपाल र चीनबीच सीमापार भुक्तानी, लगानी तथा सहयोग आदानप्रदानका क्षेत्रका अवसर र चुनौतीबारे छलफल भयो ।

 

साथै वित्तीय क्षेत्रका उदीयमान अभ्यास, नवप्रवर्तन र प्रविधिको विकासबाट हुने लाभ, र समसामयिक विषयमा दुईपक्षीय सहयोग आदानप्रदानका विषयमा गभर्नरद्वयबीच छलफल भएको थियो ।

 

यसका अतिरिक्त दुवै मुलुकका नागरिकको भ्रमणका क्रममा क्यूआर कोडमार्फत हुने भुक्तानीको सहजीकरण तथा लागत न्यूनीकरण गर्ने विषयमा समेत उहाँहरुबीच छलफल भएको थियो सो अवसरमा पीबीओसीका गभर्नर फानले विद्युतीय भुक्तानी कारोबारको आधुनिकीकरण, सहयोग आदानप्रदान र सहकार्यका लागि चिनियाँ केन्द्रीय बैंक तयार रहेको धारणा राख्नुभयो ।

 

चीन भ्रमणका क्रममा गभर्नर पौडेलले दुई केन्द्रीय बैंकबीच सहकार्य, समन्वय र सञ्चारको निरन्तरता आवश्यक रहेको र यसका लागि आवश्यक भूमिका निर्वाह गर्न नेपाल राष्ट्र बैंक तत्पर रहेको विचार व्यक्त गर्नुभयो ।

 

भेटका अवसरमा पिपुल्स बैंक अफ चाइना (पीवीओसी) का अन्तर्राष्ट्रिय विभागकी महानिर्देशक चउ यु तथा राष्ट्र बैंकका तर्फबाट बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावल र गभर्नरको कार्यालयका सहायक निर्देशक रोशन न्यौपानेको समेत सहभागिता थियो ।

32 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ