पात्रो

रेडियो

समाचार खोजी

एनआईसी एशिया बैंकको लिलाम बिक्रीसम्बन्धी पोर्टल सार्वजनिक

साझा अर्थ संवाददाता ४ माघ २०८२, आइतवार

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेका बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ।

बैंकका अनुसार लिलाम बिक्रीमा राखिएका सम्पत्तिसम्बन्धी सम्पूर्ण विवरण उक्त पोर्टलमार्फत उपलब्ध हुनेछ। लिलाम बिक्रीसम्बन्धी प्रकाशित सूचनामा समावेश गरिएको क्यूआर कोड स्क्यान गरी वा सिधै पोर्टलमा प्रवेश गरी इच्छुक व्यक्तिहरूले सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापमार्फत स्थान पहिचान गर्न सक्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, लिलाम बिक्रीमा रहेका कुनै पनि सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा सोही पोर्टलमा उपलब्ध म्यासेज बक्समार्फत पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरी सन्देश पठाउन सकिने बैंकले जनाएको छ।

बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा नियमित रूपमा बैंकिङ, गैर–बैंकिङ तथा धितो सुरक्षणमा रहेका लिलाम बिक्रीका सम्पत्तिहरूका साथै लिलामसम्बन्धी अन्य सूचनाहरूसमेत प्रकाशन गरिने जनाइएको छ। यसबाट सम्पत्ति खरिद गर्न इच्छुक ग्राहकहरूले सहज रूपमा विस्तृत जानकारी प्राप्त गरी लाभ लिन सक्ने बैंकको विश्वास छ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जमिन्द्र रावलले अनलाइन माध्यममार्फत लिलाम प्रक्रियालाई थप पारदर्शी, सहज र सूचनामूलक बनाउने लक्ष्य रहेको बताउनुभयो।

84 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु