सुनको मुल्यमा यो साता पनि रेकर्ड पछि रेकर्ड कायम
यो साता पनि सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको चोथो दिन बुधबार रेकर्ड कायम गरेको मुल्य पाँचौं दिन
बिहिबार सामान्य घटेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार पुनः ऐतिहासिक रेकर्ड कायम गरेको हो ।
अन्तर्राष्ट्रिय
बजारमा देखिएको द्धन्दको प्रभाव, कच्चा तेलको मुल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरता, सुनको मुल्यमा
विगत केही समय देखि देखिँदै आएको बढ्दो टे«ण्ट लगायतका कारणले सुनको मुल्य बढ्न सघाएको बिश्लेषकहरुको भनाई छ ।
नेपाली बजारमा पनि यो साता सुनको मुल्यले रेकर्ड पछि रेकर्ड कायम गर्यो ।
साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १
लाख ३० हजार ४ सय रुपैयाँ रहेको सुनको मुल्य साताको चौथो दिन बुधबार उच्च रेकर्ड राख्दै प्रति १० ग्राम १ लाख ३१ हजार ५
सय १५ रुपैयाँ पुग्यो । त्यस पछि बिहिबार सामान्य घटेको मुल्य शुक्रबार पुनः अर्को रेकर्ड कायम गर्दै प्रति १० ग्रामको मुल्य १ लाख
३४ हजार ४ सय रुपैयाँ पुग्यो । यो मुल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ३
अजार ६ सय रुपैयाँ बढी हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ५
सय रुपैयाँ ५० पैसा रहेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ५ सय ९४ रुपैयाँ ५० पैसा
भयो ।
126
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
बीटीएस टावरमा क्षति पुग्दा हुम्लाका विभिन्न स्थानमा टेलिकमको सेवा अवरुद्ध
-
साना उद्यमीका उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्न “ग्लोबल हाट बजार”
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो