कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफावाट १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकवाट उक्त प्रस्ताव पारित भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताएका छन् ।
कम्पनीले चुक्तापूँजीबाट ७ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसमेत) गरि १२ प्रतिशत लाभांश घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा कम्पनीको आगामी १८ औं वार्षिक साधारणसभावाट पारित भए पश्चात शेयरधनीहरुले प्राप्त गर्नेछन् । योसँगै लाभांश घोषणा गर्ने उक्त कम्पनी पहिलो विकास बैंक समेत भएको छ ।
साझा अर्थ संवाददाता