पात्रो

रेडियो

समाचार खोजी

मंसिरसम्म राजस्व सङ्कलन लक्ष्यभन्दा कम, वार्षिक लक्ष्यको ७८.७४ प्रतिशत मात्र उठ्यो

साझा अर्थ संवाददाता २ पुष २०८२, बुधवार

काठमाडौं — चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनासम्म सरकारले राजस्व सङ्कलनमा अपेक्षित लक्ष्य हासिल गर्न सकेको छैन। मंसिरसम्मको लक्ष्य ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ रहेकामा मंसिर २९ गतेसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ मात्र सङ्कलन भएको छ। यो लक्ष्यको ७८.७४ प्रतिशत हो।
सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ। यस्तै, मंसिर महिनाका लागि ९५ अर्ब २० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिइएकोमा ८० अर्ब २७ करोड रुपैयाँ सङ्कलन भएको छ, जुन महिनागत लक्ष्यको ८४.३१ प्रतिशत हो। मंसिर २९ गते मात्र ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसँग तुलना गर्दा राजस्व सङ्कलनमा सामान्य वृद्धि देखिए पनि लक्ष्यअनुसारको प्रगति हुन सकेको छैन। अघिल्लो वर्ष मंसिरसम्मको लक्ष्य ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ रहेकामा ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो। त्यस्तै, गत वर्ष मंसिर महिनामा ७६ अर्ब ७६ करोड रुपैयाँ राजस्व उठेको थियो।
राजस्व प्रशासनका अधिकारीहरूका अनुसार आर्थिक गतिविधिमा आएको सुस्तता, आयात–निर्यातमा कमी तथा समग्र आर्थिक वातावरणका कारण राजस्व सङ्कलन प्रभावित भएको हो। बाँकी अवधिमा लक्ष्य हासिल गर्न कर प्रशासनलाई थप सक्रिय बनाइने उनीहरूको भनाइ छ।

108 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु