पात्रो

रेडियो

समाचार खोजी

अनलाइन वित्तीय प्रशिक्षण : घरमै बसेर सहभागी हुन सकिने

साझा अर्थ संवाददाता ४ मंसिर २०८२, बिहिवार

काठमाडौं । नेपालका लगानीकर्ता, विद्यार्थी, जागिरे तथा आर्थिक रूपमा सबल बन्न चाहने युवालाई लक्षित गर्दै स्टक मार्केट विश्लेषण तथा शोध टोली (स्मार्ट) ले निःशुल्क वित्तीय साक्षरता अनलाइन तालिम सञ्चालन गर्ने भएको छ ।
मङ्सिर १५ देखि २१ गतेसम्म सात दिनसम्म चल्ने यो तालिम अनलाइन माध्यमबाट प्रत्येक दिन राति ८ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने कम्पपनीले जनाएको छ ।
स्मार्टका अनुसार नेपालमा वित्तीय ज्ञानको अभावका कारण धेरै युवाहरू अनावश्यक खर्च, गलत संगत तथा दीर्घकालीन आर्थिक योजना बनाउनबाट टाढा रहेका छन् ।
यस्तो अवस्थामा वित्तीय साक्षरताको आवश्यकता बढ्दै गएको बुझेर तालिम सञ्चालन गर्न लागिएको संस्थाले जनाएको छ ।
“सचेतनादेखि कार्यान्वयनसम्म — आफ्नो पैसा आफैँ नियन्त्रण गरौँ” भन्ने नारासहित सुरु हुन लागेको यस तालिमबाट सहभागीहरूले पैसाको सही योजना, आम्दानी–खर्च व्यवस्थापन, बचत तथा लगानीका आधारभूत सिद्धान्त, वित्तीय लक्ष्य निर्धारण तथा आर्थिक निर्णय लिन आवश्यक ज्ञान प्राप्त गर्ने बताइएको छ ।

351 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ