पात्रो

रेडियो

समाचार खोजी

सन नेपाल लाइफ इन्स्योरेन्स ‘बीबीबी प्लस’ रेटिङमा

साझा अर्थ संवाददाता १९ कार्तिक २०८२, बुधवार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘बीबीबी प्लस’ रेटिङ प्राप्त गरेको छ ।
कम्पनीले आफ्नो वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडबाट ‘बीबीबी प्लस’ रेटिङ प्राप्त गरेको हो ।
यो रेटिङले कम्पनीको विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी व्यवस्थापन टिम, सशक्त प्रशासनिक प्रणाली र उच्च गुणस्तरको लगानी पोर्टफोलियोलाई झल्काउने कम्पनीले जनाएको छ ।
‘बीबीबी प्लस’ श्रेणीमा पर्ने कम्पनीहरूलाई आफ्ना दायित्वहरू समयमा पूरा गर्न सक्षम र अपेक्षाकृत स्थिर वित्तीय स्थिति भएको मानिने कम्पनीले जनाएको छ ।
कम्पनीले ग्राहक वर्ग, अभिकर्ता र सेयरधनीहरूको निरन्तर विश्वासका लागि आभार प्रकट गर्दै अझ सुदृढ र जिम्मेवार बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

148 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु