पात्रो

रेडियो

समाचार खोजी

सरकारको नगद मौज्दात रु ६५ अर्ब ८१ करोड

साझा अर्थ संवाददाता १६ कार्तिक २०८२, आइतवार

काठमाडौँ: महालेखा नियन्त्रक कार्यालयले सरकारको आर्थिक वर्ष २०८१÷८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण बुझाएको छ । उक्त विवरणमा आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन  र सम्पत्तिको एकीकृत वार्षिक विवरण समावेश छ ।

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाललाई समग्र प्रतिवेदन बुझाएको उल्लेख गर्नुभयो । प्रतिवेदनअनुसार आव २०८१÷८२ मा सरकारको सञ्चित कोष रु एक खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक रहेको छ । यस्तै, नगद अवस्था रु ३१ अर्ब ३४ करोड ६१ लाखले ऋणात्मक रहेको छ ।

विभिन्न कोषको मौज्दात एवं एक्स्ट्रा बजेटरी निकायको बाँकी मौज्दात रकमको आधारमा नगद तथा बैंक मौज्दात रु ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक रहेको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।

57 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ