पात्रो

रेडियो

समाचार खोजी

उडानको प्रतिक्षामा पनि इन्टरनेटको मजा : नेपाल टेलिकमको नयाँ पहल

साझा अर्थ संवाददाता १३ कार्तिक २०८२, बिहिवार

काठमाडौं । नेपाल टेलिकमले यात्रुहरूको सहजता र डिजिटल पहुँच विस्तार गर्ने उद्देश्यले देशभरका विमानस्थलहरूमा नि:शुल्क वाईफाई सेवा सुरु गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु गरिएको यो सेवा चरणबद्ध रूपमा सबै अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलमा विस्तार गरिने भएको छ ।

नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सर्वसाधारण यात्रुलाई लक्षित गर्दै फ्रि वाईफाई इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो । उक्त सेवा पहिलो चरणमा कार्तिक ११ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु गरिएको हो ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सबिना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले संयुक्त रूपमा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा वाईफाई सेवाको शुभारम्भ गरेका हुन् ।

फ्रि वाईफाईको कभरेज विमानस्थलको आगमन, प्रस्थान, भीआईपी लाउन्ज र प्रतिक्षालयलगायतका क्षेत्रमा गरिएको छ । देशभर सञ्चालनमा रहेका तीनवटा अन्तर्राष्ट्रिय र ३४ वटा आन्तरिक विमानस्थलमा यो सेवा उपलब्ध गराउने उद्देश्य रहेको नेपाल टेलिकमले जनाएको छ ।

सेवाको कभरेज भएको स्थानमा यात्रुले आफ्ना मोबाइल वा ल्यापटपमार्फत SSID: NT-CAAN Free WiFi मा कनेक्ट गरी निर्देशनअनुसार प्रक्रिया पूरा गरेपछि नि:शुल्क इन्टरनेट सेवा प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।

169 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ