तिहारको भाइटीकाको दिन बाहेक बाँकी सबै दिनमा मालवस्तुको भन्सार जाँचपासका लागि आवश्यक बैङ्किङ सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल राष्ट्र बैङ्कले सबै इजाजतपत्रप्राप्त क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूलाई खुला राख्न निर्देशन दिएको छ। यो निर्णय व्यापार सहजीकरण, आपूर्ति प्रणालीलाई निरन्तर राख्न र सेवा प्रवाहमा अवरोध नआओस् भन्ने उद्देश्यले गरिएको हो। यसअघि भन्सार विभागले राष्ट्र बैङ्कलाई पत्रमार्फत यस्तो अनुरोध गरेको थियो, जसको आधारमा यो व्यवस्था मिलाइएको हो।
काठमाडौं । तिहारको भाइटीकाको दिन बाहेक तिहार विदाभर मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक सबै बैङ्क तथा वित्तीय संस्थाहरू खुला राहने भएका छन् ।
नेपाल राष्ट्र बैङ्कले तिहारको भाइटीकाको दिन बाहेक तिहार विदाभर सबै बैङ्क तथा वित्तीय संस्थाहरू खुला राख्न निर्देशन दिएको हो । राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै तिहारभर बैङ्कहरु खुला राख्न निर्देशन दिएको हो ।
बैङ्क तथा वित्तीय संस्थाहरूलाई मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक बैङ्किङ सेवा सुचारु राख्न निर्देशन गरिएको सूचनामा उल्लेख छ ।
सरकारको अर्थ मन्त्रालय, भन्सार विभागको अनुरोधमा व्यापार सहजीकरण, आपूर्ति प्रणाली सुचारु राख्न र सेवा प्रवाहको निरन्तरता कायम गर्न इजाजतपत्रप्राप्त क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूलाई भन्सारसम्बन्धी बैङ्किङ सेवा सुचारु गर्ने व्यवस्था मिलाउन सूचनामा भनिएको छ ।
यसअघि भन्सार विभागले असोज ३० गते राष्ट्र बैङ्कलाई पत्र पठाएर व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सुचारु राख्न र सेवा प्रवाहको निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक बैङ्किङ सेवा सुचारु गर्न अनुरोध गरेको थियो ।