पात्रो

रेडियो

समाचार खोजी

बीमा दाबीमा बाढी–पहिरोको असर, सम्पत्ति बीमामा सबैभन्दा बढी क्षति

साझा अर्थ संवाददाता २ कार्तिक २०८२, आइतवार
समाचार सारांश

असोज १८ देखि परेको अविरल वर्षा, बाढी र पहिरोका कारण देशभर ७०४ वटा बीमा दाबी दर्ता भएका छन्, जसको कुल रकम रु. ३ अर्ब २६ करोड ७६ लाख पुगेको छ। सबैभन्दा धेरै दाबी सम्पत्ति बीमामा परेको छ, जुन रु. २ अर्ब ७० करोडभन्दा बढी छ।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं । अवरिल वर्षा, बाढी र पहिरोका कारण असोज १८ देखि हालसम्म देशभर वभिन्नि बीमा कम्पनीहरूमा जम्मा तीन अर्ब २६ करोड रुपियाँभन्दा बढीको बीमा दाबी परेको छ।असोज १८ गतेदेखिको अविरल वर्षा तथा बाढी पहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्ममा तीन अर्ब २६ करोड ७६ लाख रुपियाँ बराबरको बीमा दाबी परेको हो ।
राजधानी उपत्याका लगायत देशका विभिन्न क्षेत्रमा असोज १८ गतेयताको अविरल वर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको शुक्रबारसम्म सो परिणाममा दाबी परेको हो ।
सञ्चालनमा रहेका १३ वटा निर्जीवन बीमा कम्पनी र दुई वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ७०४ वटा बीमा दाबीका तीन अर्ब २६ करोड ७६ लाख रुपियाँ बराबरको बीमा दाबी परेको जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
बीमा दाबीमध्ये अहिलेसम्म सबैभन्दा धेरै सम्पत्ति बीमामा ३६४ वटा दाबीबापत दुई अर्ब ७० करोड ६९ लाख रुपियाँ बराबरको दाबी परेको छ भने इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा ८४ वटा दाबीबापत ४८ करोड चार लाख रुपियाँ बराबरको दाबी परेको छ ।
यस्तै कृषि तथा बाली बीमामा २०९ वटा दाबीबापत चार करोड ३२ लाख रुपियाँ, मोटर बीमा (निजी)मा ३३ वटा दाबीबापत दुई करोड ५२ लाख, मोटर बीमा (सावजनिक)मा नौ वटा दाबीबापत एक करोड पाँच लाख र अन्य बीमामा दुई वटा दाबीबापत १२ लाख रुपियाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ ।

103 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ