पात्रो

रेडियो

समाचार खोजी

असोज १८ पछिको बाढी पहिरोको क्षतिको ३ अर्ब २६ करोडको बीमा दाबि

साझा अर्थ संवाददाता ३१ असोज २०८२, शुक्रवार

काठमाडौँ । असोज १८ गतेदेखि परेको अविरल बर्षापछिको बाढी पहिरोले भएको क्षतिपछि ३ अर्ब २६ करोडको बीमा दाबिको निवेदन परेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार असोज ३० गतेसम्म बाढी पहिरोले पारेको नोक्सानीको ३ अर्ब २६ करोड ७६ लाख बराबरको बीमा दाबिको निवेदन परेको हो । जसमा सबैभन्दा बढी शिखर इन्सुरेन्समा ६० करोड ९४ लाखको बीमा दाबि परेको छ भने स्टार माइक्रो इन्सुरेन्समा सबैभन्दा कम ८ लाखको बीमा दाबि परेको छ ।

त्यसैगरी सम्पत्ति बीमामा २ अर्ब ७० करोड ६९ लाख बराबरको ३६४ बीमा दाबि छ भने इन्जिनियरिङ तथा ठेकेदार जोखिममा ४८ करोड ४ लाख बराबरको ८७ बीमा दाबिको निवेदन परेको छ  । त्यस्तै  कृषि तथा बालि बीमामा ४ करोड ३२ लाख बराबरको २०९, मोटर बीमा निजी तर्फको २ करोड ५२ लाख बराबरको ३३, मोटर बीमा सार्बजनिकको एक करोड ५ लाख बराबरको ९ बीमा दाबि तथा अन्य बीमा १२ लाख ६० हजार बराबरको २ बीमा दाबिको निवेदन परेको छ ।

139 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु