पात्रो

रेडियो

समाचार खोजी

क्षति मूल्याङ्कनकर्ता निर्देशिका ल्याउने तयारी, बीमकबाट सुझाव संकलन

साझा अर्थ संवाददाता ३० असोज २०८२, बिहिवार
समाचार सारांश

प्राधिकरणका कार्यकारी निर्देशक सुसिल देव सुवेदीले बीमा प्रणालीलाई व्यवहारिक र पारदर्शी बनाउन बीमकहरूको सुझाव अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिका २०७९ लाई सुधार गर्दै पुनर्लेखन प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो। साथै, प्राधिकरणबाट पहिलो पटक ल्याउन लागिएको क्षति मूल्याङ्कनकर्ता निर्देशिका को मस्यौदाबारे समेत राय दिन आग्रह गर्नुभयो।

This summary was generated by AI and has been editorially reviewed.

ललितपुर । नेपाल बीमा प्राधिकरणले एक कार्यक्रममार्फत बीमक संस्थाका प्रतिनिधिहरूसँग कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सम्बन्धी अन्तक्र्रिया गरेको छ। प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आयोजित कार्यक्रममा बीमा निर्देशिका २०७९ को परिमार्जन र क्षति मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिका को प्रारम्भिक मस्यौदाबारे विस्तृत छलफल भएको हो।

अन्तक्र्रियाको मुख्य उद्देश्य उक्त दुई निर्देशिकालाई समय सान्दर्भिक बनाउँदै परिमार्जन गर्नु तथा सरोकारवालाहरूबाट राय र सुझाव संकलन गर्नु रहेको थियो। कार्यक्रममार्फत बीमा कम्पनीहरूबाट निर्देशन संशोधन, बीमित किसानहरूलाई अनुदान सिफारिस प्रक्रिया, तथा कृषि बीमाको डिजिटल प्रणाली (एग्रीकल्चर इन्स्योरेन्स सिस्टम) सम्बन्धी समस्या र समाधानबारे सुझाव लिइएको थियो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुसिल देव सुवेदीले बीमा प्रणालीलाई व्यवहारिक र पारदर्शी बनाउन बीमकहरूको सुझाव अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिका २०७९ लाई सुधार गर्दै पुनर्लेखन प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो। साथै, प्राधिकरणबाट पहिलो पटक ल्याउन लागिएको क्षति मूल्याङ्कनकर्ता निर्देशिका को मस्यौदाबारे समेत राय दिन आग्रह गर्नुभयो।

“हामी बीमकहरूबाट प्राप्त यथार्थपरक सुझावलाई समेटेर निर्देशिकालाई अन्तिम रूप दिनेछौं,” कार्यकारी निर्देशक सुवेदीले भन्नुभयो। कार्यक्रममा बीमा प्राधिकरणका निर्देशकहरू, कृषि बीमा शाखाका कर्मचारीहरू तथा निर्जीवन बीमा कम्पनीहरूका कृषि विभाग प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्राधिकरणले निकट भविष्यमै दुवै निर्देशिकालाई अन्तिम रूप दिएर कार्यान्वयनमा ल्याउने योजना बनाएको छ।

86 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ