पात्रो

रेडियो

समाचार खोजी

हेकाफ नेपालमा तोडफोड र आगजनी, डायलाइसिस सेवा प्रभावित

साझा अर्थ संवाददाता ३१ भदौ २०८२, मङ्गलवार
समाचार सारांश

आन्दोलनकारीहरूले जबरजस्ती उपचार केन्द्रको हाताभित्र प्रवेश गरी त्यहाँ रहेका औषधि, ल्याब सामग्री, कम्प्युटर, ल्यापटप तथा मिर्गौला उपचारका लागि अत्यावश्यक उपकरणहरूमा तोडफोड गरेका थिए

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं — राष्ट्रिय मिर्गौला उपचार केन्द्र (हेकाफ नेपाल) को गौशाला शाखामा जेनजी आन्दोलनका क्रममा गत मङ्गलबार भएको तोडफोड र आगजनीका कारण मिर्गौला उपचारका सेवाहरू प्रभावित भएका छन् ।
केन्द्रका अनुसार आन्दोलनकारीहरूले जबरजस्ती उपचार केन्द्रको हाताभित्र प्रवेश गरी त्यहाँ रहेका औषधि, ल्याब सामग्री, कम्प्युटर, ल्यापटप तथा मिर्गौला उपचारका लागि अत्यावश्यक उपकरणहरूमा तोडफोड गरेका थिए । साथै, पार्किङमा राखिएका दुईवटा मोटरसाइकलमा समेत आगजनी गरिएको थियो ।
यस घटनाका कारण केन्द्रमा नियमित रूपमा सेवा लिइरहेका ८० जना बिरामीको डायलाइसिस सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । सेवा बन्द भएपछि बिरामीहरू गम्भीर समस्यामा परेका छन् ।
केन्द्रले अस्थायी रूपमा सेवा सञ्चालन गर्ने प्रयास गरिरहेको जनाउँदै शुक्रबारदेखि आंशिक रूपमा सेवा पुनः सुरु गर्ने जानकारी दिएको छ । सेवा अवरुद्ध भएकोमा केन्द्रले बिरामीहरूप्रति क्षमा याचना गरेको छ ।
केन्द्रका अध्यक्ष डा. ऋषि कुमार काफ्लेले घटनालाई “दुर्भाग्यपूर्ण” भन्दै यो मानवीय सेवामाथि प्रहार भएको बताउनुभएको छ । साथै, उहाँले संकटको अवस्थामा सबै दाताहरू तथा सहयोगी संस्थाहरूलाई भौतिक तथा आर्थिक सहयोग गर्न अपिल गनुभएको छ ।
साथै जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका यस्ता अत्यावश्यक संस्थाहरुको सुरक्षाका लागि आवश्यक कदम चालिनुपर्नेमा अध्यक्ष काफ्लेले जोड दिनुभयो ।

100 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ