हेटौडा : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ तथा मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । आज दिउँसो मुख्य मन्त्री बानिया तथा त्यसपछि नव नियुक्त मन्त्रिहरुले शपथ लिनु भएको हो ।
हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा एक समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पुख्य मन्त्री बानियाँ तथा त्यसपछिको कार्यक्रममा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराउनुभयो ।
मुख्यमन्त्री बानियाँले मन्त्रीपरिषद् विस्तार विस्तार गर्नु भएको थियो ।