आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने तथा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरि पारित गर्ने कम्पनीले जनाएको छ ।
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
कम्पनीको सोमबार सम्पन्न सञ्चालक समितिको १६० औं बैठकको निर्णयानुसार क्यापिटलको आगामी भदौ १८ गते आयोजना हुने नवौं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गर्ने जनाएको छ ।
वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने तथा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरि पारित गर्ने कम्पनीले जनाएको छ ।