काठमाडौंः आइतवार नेपाल बजारमा सुनको मूल्य ११ सय घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला ५० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोलो २ हजार २ सय ९० रुपैयाँमा कारोवार भइरहेको महासंघको भनाई रहेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा कमि आएको कारण नेपालमा पनि त्यसको प्रभाव परी सुन चाँदीको मूल्यममा कमी आएको हो ।