काठमाडौः सिद्धार्थ बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋण पत्र निष्काशन गर्ने भएको छ । आसर २९ गते बाट बैकले ऋणपत्र निष्काशन गर्ने भएको हो ।
प्रतिईकाई एक हजार रुपैयाँका दरले २५ लाख इकाई ऋणपत्र जारी गर्न लागेको बैकले जनाएको छ । २५ लाख इकाई मध्ये १५ लाख बैंकको पहलमा अन्य संघसंस्थालाई विक्री गरिने छ भने बाँकी दशलाख सर्वासाधारणलाई विक्री गरिने छ । ऋणपत्रको ब्याजदर वार्षिक ७ दशमलब २५ हनुे छ । ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । ऋणपत्रमा आवेदन दिँदा न्यूनतम २५ इकाई देखि अधिकतम सबै ईकाईमा दिन सकिनिे छ । असार ३२ गते सम्म ऋणपत्रमा आवेदन दिन सकिने छ ।
साझा अर्थ संवाददाता