पात्रो

रेडियो

समाचार खोजी

सेयरधनीलाई नेशनल लाईफको १० प्रतिशत नगद र पाँच प्रतिशत बोनस सेयर

साझा अर्थ संवाददाता ६ असार २०८२, शुक्रवार

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत नगद र पाँच प्रतिशत बोनस सेयर दिने भएको छ ।
कम्पनीको राजधानीमा सम्पन्न ३७ औं वार्षिक साधारण सभाले उक्त लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारणसभामा कम्पनीको आ.व. २०८०/८१ मा व्यवसाय सन्तोषनजनक रहेको बताइएको छ । कम्पनीको कूल बीमाशुल्क २१.९० प्रतिशतले बृद्धि भई २०४९.१२ करोड पुगेको छ ।
समिक्षा वर्षको सञ्चालनबाट जम्मा १३६८.१८ करोड रुपियाँ खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा २१.७० प्रतिशतले बृद्धि भई वर्षान्तमा ७९६०.१८ करोड पुगेको कम्पनीले जनाएको छ ।
कम्पनीले समीक्षा वर्षमा मृत्यु दाबी, अवधि समाप्ती एवं आंशिक अवधि समाप्ती दाबी, सर्मपण मूल्य, दाबी एंव अन्य दाबी भुक्तानीमा ८३२.८२ करोड दाबी भुक्तानी गरेको छ ।
कूल लगानी १७.३५ प्रतिशतले बृद्धि भई ७०१५.४६ करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०८०/०८१ मा सो दर ९.१७ प्रतिशत कायम रहेको कम्पनीले जनाएको छ ।

222 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ