पात्रो

रेडियो

समाचार खोजी

कुमारी बैङ्कको प्रवर्धक सेयर बिक्री : सर्वसाधारणले आजदेखि आवेदन दिन सक्ने

साझा अर्थ संवाददाता ११ चैत २०८१, सोमवार

काठमाडौं । कुमारी बैङ्क लिमिटेडका प्रवर्धक सेयरधनीले बिक्री गर्न चाहेको २० हजार ३६४ कित्ता सेयर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । नेपाल राष्ट्र बैङ्कको नियमअनुसार पहिलो प्राथमिकता वर्तमान प्रवर्धक सेयरधनीलाई दिइएको थियो । तर, उनीहरूले उक्त सेयर नकिनेपछि अब सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने भएका हुन् ।
बैङ्कको सेयर खरिद गर्न इच्छुक व्यक्तिहरूले आजदेखि ३५ दिनभित्र आवेदन दिनुपर्ने बताइएको छ । इच्छुक लगानीकर्ताहरूले कुमारी बैङ्कको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्सालमा गएर आवश्यक प्रक्रिया पूरा गर्न सक्नेछन् ।
यस सेयर बिक्री प्रक्रियाले कुमारी बैंकको स्वामित्व संरचनामा केही परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। बैंकिङ सेयरप्रति लगानीकर्ताहरूको आकर्षण बढिरहेका बेला कुमारी बैंकको प्रवर्धक सेयर सर्वसाधारणका लागि खुला हुनु महत्त्वपूर्ण मानिएको छ ।

221 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ