पात्रो

रेडियो

समाचार खोजी

सदरमुकाम चरिकोटमा स्ट्रिट फुड फेस्टिभलको आयोजा गरिने

साझा अर्थ संवाददाता ४ चैत २०८१, सोमवार

दोलखाः दोलखा सदरमुकाम चरिकोटमा स्ट्रिटफुड फेस्टिभलको आयोजना गरिने भएको छ । नववर्ष २०८२ लाई लक्षित गर्दै सो फेस्टिभलको अयोजना गरिने भएको हो । 
चैत्र ३१ गते देखि बैशाख २ गतेसम्म फेस्टिभलको अयोजना गर्न लागिएको दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष रुद्रजंग बुढाथोकीले जानकारी दिनुभयो । फेस्टिभलको आयोजना दोलखा चेम्बर अफ कमर्स तथा दोलखा जिल्ला होटल तथा पर्यटन ब्यावसायी संघले संयुक्त रुपमा गर्न लागेको अध्यक्ष बुढाथोकीको भनाई रहेको छ । 
सोमबार पत्रकार सम्मेलनको आयोजना गरि तीन दिने दोलखा स्ट्रिट फुड फेस्टिभल २०८२ को आयोजन गर्न लागिएको जानकारी आयोजक संस्थाहरुले दिएका छन् । फेस्टिभलको आयोजनाले सदरमुकाम चरिकोटको  आर्थिक क्रियाकलापमा बृद्धि हुने आयोजकहरुको विश्वास छ ।
 “सडकमै खाऔं, सडकमैं रमाऔं । रैथाने स्वाद र संस्कृतिसँगै नयाँ वर्ष चरिकोटमा मनाऔं ।” भन्ने नाराकासाथ आयोजना गर्न लागिएको फेस्टिभलमा स्थानीय खानाका मौलिक परिकारहरुकासाथै विभिन्न खानाका स्वाद लिन सकिनेछ । यसका साथै परमपरागत सांस्कृतिक झाँकीहरु,स्वदेशगानमा नृत्य प्रतियोगिता , लाइभ दोहोरी लगायत को मज्जा समेत लिन सकिने आयोजक संस्थाहरु दोलखा चेम्बर अफ कमर्स तथा दोलखा जिल्ला होटल तथा पर्यटन ब्यावसायी संघको भनाई रहेको छ ।

493 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्