पात्रो

रेडियो

समाचार खोजी

सुनचाँदीको मूल्य बढ्यो

साझा अर्थ संवाददाता २० फागुन २०८१, मङ्गलवार

काठमाडौँ, २० फागुन : सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला रू एक हजार चार सय र चाँदी प्रतितोला रू २५ बढेको हो ।

 

सोमबार प्रतितोला रू एक लाख ६८ हजार एक सयमा कारोबार भएको सुन आज बढेर प्रतितोला रू एक लाख ६९ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

त्यसैगरी आज चाँदी प्रतितोला रू एक हजार नौ सय ४० मा किनबेच हुने महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।

172 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्