दोलखाः तेस्रो बृहत दोलखा महोत्सव सम्पन्न भएको छ । महोत्सव आइतवार सम्पन्न भएको हो ।

महोत्सवको समापन कार्यक्रम बागमती प्रदेशका आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको आयोजक दोलखा उद्योग वाणिज्य संघले जनाएको छ । दोलखाको आर्थिक कृयाकलापलाई बृद्धी गर्ने उद्देश्यले सञ्चालीत महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि काफ्लेले आगामी दिनमा निर्माण हुने बागमती प्रदेशको बजेटमा उत्पादन मुलक कार्यलाई जोड दिइने बताउनु भयो । प्रदेशले उत्पादनमुलक कार्यकालागि स्थानीय तहसँग सहकार्य गर्न चाहेको उहाँको भनाई रहेको थियो ।
यस्तै जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीले मेला महोत्सव गर्दा स्थानीयस्तरमा के कस्ता प्रतिफल प्राप्त भएको यसको पनि समिक्षा गर्न आग्रह गर्नु भयो । यसैगरी भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले भीमेश्वर नगरले भौतिक पूर्वाधार निर्माणका काम तिब्रगतिले गरिरहेको बताउँदै नगरवासीको आयअर्जनकालागी पर्यटनको विकासमाध्यान दिनु पर्ने आवश्यकता रहेको बताउनु भएको थियो । समापन समारोह दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । महोत्सव फागुन ६ गते बाट सुरु भएको थियो ।
साझा अर्थ संवाददाता