अमेरिकी डलर अहिलेसम्मकै उच्च विन्दुमा
काठमाडौँ । । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाउने क्रमलाई बिहीबार पनि निरन्तरता दिएको छ ।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार बिहीबार एक डलरको मूल्य बिक्रीदरतर्फ १३६ रुपियाँ २३ पैसामा कारोबार भएको छ भने खरिददर पनि १३५ रुपियाँ ६३ पैसामा कारोबार भएको छ । बुधबार पनि एक अमेरिकी डलरको मूल्य १३६ रुपियाँ १४ पैसा पुगेर रेकर्ड कायम गरेको थियो ।
डलरको मूल्यमा नयाँ नयाँ रेकर्ड ब्रेक भइरहँदा नेपाली मुद्राको अहिलेसम्मकै अवमूल्यन भएको छ । भारतीय मुद्रा कमजोर हुँदा डलरको मूल्य बढेर नेपाली रुपियाँ सबैभन्दा सस्तो दरमा झरेको हो । नेपाली रुपियाँ र भारतीय मुद्राबिच स्थिर विनिमय दर कायम रहेको छ ।
अमेरिकी डलरको मूल्य बृद्घि भइरहँदा नेपाल भित्रिने रेमिट्यान्सका लागि सकारात्मक प्रभाव पर्ने भए पनि आयातदेखि अन्तर्राष्ट्रिय ऋणको ब्याज र साँवालाई असर गर्ने विश्लेषकहरू बताउँछन् ।
अधिकांश आयात गर्ने र निर्यात कम गर्ने गरेको अवस्थामा नेपालको अर्थतन्त्रमा प्रतिष्पर्धात्मक क्षमता क्षीण हुन्छ । रेमिट्यान्स आप्रवाहमा बढी देखिए पनि आयातमुखी अर्थतन्त्र भएका उपभोगमै जाने भएका कारण डलरको मुल्यबृद्घिले धेरै फरक नपार्ने अर्थविदहरुको भनाई छ ।
53
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो
-
विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न जुट्यो ७२ अर्ब ९३ करोड
-
निर्जीवन बीमा व्यवसायी संघले भन्यो - ‘‘सञ्चालकहरुको सेयर एक बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’’