पात्रो

रेडियो

समाचार खोजी

नागरिक लगानी कोष र आईएमईबीच सेयर प्रत्याभूति सम्झौता

साझा अर्थ संवाददाता ४ पुष २०८१, बिहिवार

काठमाडौं । नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ ।
सम्झौता पत्रमा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गर्नु भएको छ ।
आईएमईले प्रति सेयर एक सय रुपियाँका दरले १२ लाख ५० हजार ६६७ कित्ता वापतको १२ करोड ५० लाख ६६ हजार सात सय रुपियाँ बराबरको सेयर निष्काशन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो ।
सम्झौताको अवधि हस्ताक्षर भएको मितिले छ महिनासम्म रहने कोषले जनाएको छ ।

210 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु