प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब १२ प्रतिशतले नाफा बढाएको छ । असोज मसान्तसम्ममा बैंकले १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्षको यसै अवधिमा १ अर्ब १५ करोड नाफा कमाएको थियो।
यसअवधिमा बैंकको खुद ब्याज आम्दानी १६.६७ र सञ्चालन नाफा ११.१५ प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५३ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ११ पैसा रहेको छ । यस बैंकको खराब कर्जा ४.८६ प्रतिशत पुगेको छ ।
साझा अर्थ संवाददाता