मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ६५ हजार ९०० को हालसम्मकै उच्च मुल्यमा पुगेको हो । सोमबार पनि सुनको मूल्यले रेकर्ड ब्रेक गर्दै प्रतितोला १ लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएकोथियो ।
मंगलबार चाँदीको मूल्यले पनि रेकर्ड ब्रेक गरेको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै २ हजार १०० को उचाईमा पुगेको छ ।
साझा अर्थ संवाददाता