काठमाडौंः चीनबाट विभिन्न आयातित सामग्री बोकेको कन्टेनरहरु बाटो विग्रिएर रोकिएका छन् । गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ-बोगटीटार खण्डको बनुवा घुम्ती पासाङल्हामु मार्गमा आंशिक रूपले क्षति भएपछि कन्टेनरहरु रोकिएका हुन ।
ग्याबिन वाल भत्किएपछि रसुवागढी जाने प्रमुख मार्गमा ठूला सवारीहरुको आवागमन
रोकिएको प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले जानकारी दिनुभयो । हाल साना सवारी साधनलाई भने सो मार्ग प्रयोग गर्न दिइएको छ ।
सडक मार्ग क्षति भएसँगै चीनबाट आयात भएका सवारीसाधन रसुवागढीमा रोकिएका छन् । रसुवा भन्सार कार्यालयका अनुसार काठमाडौँका लागि चीनबाट आयात भएका एक सय ५० विभिन्न सामग्रीसहितका कन्टेनर सडकको अभावमा रसुवागढीमै रोकिएका छन् । सडक खोल्नेका लागि मर्मत कार्य सुरु भएको बताइएको छ ।
साझा अर्थ संवाददाता