sajhaartha.com ८ पुष २०८१, सोमवार
८ पुष २०८१, सोमवार
23rd, December 2024, Monday
ताजा खबर

गुरुङ सम्पदा पदमार्गको घोषणा

९ साउन २०८१, बुधवार साझा अर्थ संवाददाता
125
Shares

पोखरा : गुरुङ पर्यटन ब्यवसायी संघ, गण्डकी प्रदेशले गुरुङ सम्पदा मार्गको घोषणा गरेको छ । बुधवार संघले  कास्कीको मादी गाउँपालिकाबाट सुरु भई मनाङको चामे गाउँपालिकाको तिमाङ जोडिने  मार्गलाई गुरुङ सम्पदा मार्ग घोषणा गरेको हो । 
संघले नेपाल पर्यटन बोर्डको प्रवर्द्धन एवं पर्यटन मन्त्रालय गण्डकी प्रदेश, मादी गाउँपालिका कास्की, लमजुङको क्होलासोँथर र मस्र्याङ्दी गाउँपालिका र चामे गाउँपालिका मनाङको सहयोगमा पदमार्ग घोषणा गरेको हो । पदमार्गको घोषणा  गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले नक्शा सार्वजनिक गर्दै गर्नु भएको थियो । घोषणा कार्यक्रम लाई सम्बोधन गर्दै मन्त्री गुरुङले पछिल्लो समय पदमार्गहरू मासिँदै गएका अवस्थामा घोषित गुरुङ सम्पदा पदमार्ग गण्डकी प्रदेशसहित पदयात्रा पर्यटनका लागि महत्वपूणर् बन्ने विश्वास व्यक्त गर्नुभयो ।
गुरुङ पर्यटन ब्यवसी संघका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले गुरुङ समुदायको ऐतिहासिक उद्गमस्थल क्होलासोँथरसँगै जोडिएका पुरानो बस्तीसँगै प्राचीन नुन व्यापारिक मार्गलाई यस पदमार्गले समेट्ने बताउनुभयो ।     संघका केन्द्रीय सदस्य सञ्जीव गुरुङले हिमाललाई नजिकबाट नियाँल्दै पदयात्रा गर्न सकिने यस पदमार्गको पर्यटकीय दृष्टिकोणबाट पनि प्रवद्र्धन गर्न सकेमा नेपालको उत्कृष्ट गन्तव्यका रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।

साझा अर्थ संवाददाता
९ साउन २०८१, बुधवार

125

Shares

सम्बन्धित समाचार