पात्रो

रेडियो

समाचार खोजी

लगातार ६ दिन सुनको मुल्य बढेर रेकर्ड ब्रेक

साझा अर्थ संवाददाता ११ असोज २०८१, शुक्रवार

 

काठमाण्डौ ।   सुनको मूल्यले आज पनि बढेर लगातार ६ दिन रेकर्ड ब्रेक गरेको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि पाँच सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ कायम भएको छ ।  
असोज ६ गते १ लाख ५८ हजार ८ सय रुपैयाँ पुग्दै नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य त्यसपछि दैनिक रेकर्ड बनाउदै बृद्धि भएको छ ।    
 
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

139 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता