पात्रो

रेडियो

समाचार खोजी

दुई महिनामा एक लाख १७ हजार नेपालीले लिए वैदेशिक रोजगारीको स्वीकृति

साझा अर्थ संवाददाता ९ असोज २०८१, बुधवार

चालू आवको पहिलो दुई महिनामा एक लाख १७ हजार ६८ जना नेपालीले वैदेशिक रोजगारीको स्वीकृति लिएका छन् । त्यसमा ७६ हजार चार सय ८५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । गत आवको पहिलो दुई महिनामा एक लाख ६ हजार चार सय ५९ जनाले वैदशिक रोजगारीको स्वीकृति लिएका थिए ।   योअनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीको स्वीकृति लिने नेपाली कामदारको संख्या १० प्रतिशतले बढेको देखिन्छ । गत आवभरमा सात लाख ४१ हाजर दुई सय ९७ नेपालीले यस्तो श्रम स्वीकृति लिएका थिए ।

चालू आर्थिक वर्ष ०८१/८२ को भदौ महिनामा मात्रै ५७ हजार चार सय ९३ जना नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएका छन् । त्यसमा ३९ हजार पाँच सय ५७ जना नयाँ श्रम स्वीकृति लिने रहेका छन् ।

259 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता