पात्रो

रेडियो

समाचार खोजी

आयात बढ्यो, निर्यात निराशाजनक

साझा अर्थ संवाददाता ८ असोज २०८१, मङ्गलवार

झण्डै एक बर्षमा नेपालमा बिभिन्न देशबाट हुन वस्तु आयात बढेको छ । ११ महिनादेखि निरन्तर घटिरहेको वस्तुको आयात बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार साउन र भदौमा दुई खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँको वस्तु आयात भएको छ । जुन गत आवको तुलनामा १.०८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा दुई खर्ब ५९ अर्ब ७५ करोडको आयात भएको थियो । गत आवको तीन महिनामा आयात १.६९ प्रतिशतले बढेको थियो । सो अवधिमा चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँको आयात भएको थियो । आव ०७९र८० को असोजसम्ममा चार खर्ब ९९ करोड ८३ लाख दुई हजार रुपैयाँर्को वस्तु आयात भएको थियो ।  

आयात बढे पनि निर्यात भने निराशाजनक छ । गत आवको पहिलो दुई महिनाको तुलनामा ५।१२ प्रतिशतले निर्यात घटेको छ । गत आवको असोजसम्ममा २६ अर्ब ४४ करोड ७० लाखको निर्यात भएकोमा चालू आवको सोही अवधिमा २५ अर्ब नौ करोड ३१ लाख निर्यात भएको छ । यो अवधिमा व्यापार घाटा दुई खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा १।७८ प्रतिशतले बढी छ । 

137 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता