काठमाडौं : बुधबार स्थिर देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको चौथो कारोबार दिन बिहीबार आज असार ४ गते पुनः ओरालो लागेको छ। आज नेप्से सूचक ५.०६ अङ्क (०.१८ प्रतिशत) ले घटेर २,७००.४७ को विन्दुमा बन्द भएको छ।
परिसूचकसँगै बजारमा कारोबार रकम (टर्नओभर) पनि लगातार घटेर ३ हप्तायताकै कमजोर अवस्थामा पुगेको छ। बुधबार ३ अर्ब ६३ करोडको सेयर किनबेच भएकोमा आज कुल ७७ लाख ४३ हजार ३० कित्ता सेयर मात्रै कारोबार हुँदा ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार ७९८ रुपैयाँ मा सीमित भएको छ।
बजार २,७०० को मनोवैज्ञानिक विन्दु नजिक आइपुग्दा लगानीकर्तामा खरिदबिक्री दुवैमा उत्साह नदेखिँदा टर्नओभर लगातार खुम्चिँदै गएको छ।