हुलास फिनसर्भ हायर पर्चेजले आईपीओ निष्कासन गर्न धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासनमार्फत २० लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ ।
आइतबार आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउने कम्पनीका अध्यक्ष गोल्छाले बताए ।
उक्त कम्पनी नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरे
साझा अर्थ संवाददाता