पात्रो

रेडियो

समाचार खोजी

हिमालयन पावर पार्टनरको चार लाख ६८ हजारभन्दा बढी कित्ता सेयर लिलामी आज बन्द हुँदै

साझा अर्थ संवाददाता ४ असार २०८३, बिहिवार

काठमाडौँ, ४ असार :हिमालयन पावर पार्टनर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको हकप्रद सेयरको लिलामी आवेदन दिने आज असार ४ गते  अन्तिम दिन हो। कम्पनीले यसअघि जारी गरेको हकप्रदमा बिक्री नभएको चार लाख ६८ हजार सात सय चालिस कित्ता सेयर गत जेठ २७ गतेदेखि लिलामीमा ल्याएको थियो, जसको म्याद आज असार ४ गते बैंकिङ समयपछि सकिँदैछ।

यसअघि वैशाख १७ देखि जेठ ६ गतेसम्म साविक सेयरधनीहरूका लागि हकप्रद खुल्ला गर्दा ९१.२ प्रतिशत अर्थात् ४८ लाख ५८ हजार तीन सय ४५ कित्ता सेयर बाँडफाँट भइसकेको छ। बाँकी रहेको ८.७९ प्रतिशत सेयर अहिले सर्वसाधारण र संस्थागत लगानीकर्ता दुवैले किन्न पाउने गरी लिलामी गरिएको हो।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले न्यूनतम प्रतिकित्ता एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्य तोकी न्यूनतम एक सय कित्ताका लागि बोलकबोल आवेदन दिन सक्नेछन्।

53 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु