साताको पहिलो दिन आज नेप्से ११.५८ अंकले उचालिएको छ। ०.४४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५८८.३५ अंकमा पुगेको छ । सबैभन्दा बढी बैंकिङ समूह १.०१ अंकले बढेको हो । वित्त, होटल, उत्पादनमूलक, लघुवित्त र म्युचुअल फण्ड भने घटेका छन् । बाँकी समूहमा हरियाली छाएको छ ।

आज विभिन्न ३ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । इन्टर्न हाइड्रो, आत्मनिर्भर लघुवित्त र सुपरसाङ्गे हाइड्रोका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै रावा इनर्जीका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.६५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सीईडीबी हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २७ करोड ८० लाख २७ हजार ७ सय १५.७० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साझा अर्थ संवाददाता