पात्रो

रेडियो

समाचार खोजी

बागमती प्रदेशको बजेटः शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई प्राथमिकता

साझा अर्थ संवाददाता २ असार २०८३, मङ्गलवार

हेटौँडा, असार  २ः बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई केन्द्रित गर्दै बजेट प्रस्तुत गरेको छ । सोमबार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बजेट प्रस्तुत गर्दै गुणस्तरीय शिक्षा, आधुनिक स्वास्थ्य सेवा र  विकासका कार्यक्रमलाई प्राथमिकता  दिँदै बजेट पेश गर्नु भएको हो । 
शिक्षा क्षेत्रमा न्यून साक्षरता भएका स्थानीय तहमा शैक्षिक गुणस्तर सुधार, अनिवार्य तथा निःशुल्क शिक्षा, आवासीय शिक्षा र ‘स्मार्ट टिचिङ’ कार्यक्रम सञ्चालन गरिनेछ। युवालाई रोजगारीमा जोड्न ‘लर्न एन्ड अर्न’ र सीपमूलक तालिम दिइने छ। स्वास्थ्यतर्फ हेटौँडामा आरोग्य केन्द्र स्थापना हुने, अस्पतालमा सिटी स्क्यान, एमआरआई, क्याथ ल्याब र हेमोडायलाइसिस मेसिनको व्यवस्था गरिने भएको छ। ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम निरन्तर रहने छ।
साामाजिक सुरक्षाअन्तर्गत विपन्न परिवारका लागि एक हजार आवास निर्माण गरिने, सहकारी क्षेत्रलाई विश्वासयोग्य बनाउने र पत्रकारको सामाजिक सुरक्षाका लागि रु एक करोड विनियोजन गरिएको छ । सार्वजनिक स्थानमा सिसिटिभी क्यामेरा जडान, साइबर अपराध नियन्त्रण र विपद् जोखिम न्यूनीकरणलाई पनि बजेटमा प्राथमिकता दिइएको छ । स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका लागि रु नौ अर्ब छ करोड बढी बजेट विनियोजन गरिएको मन्त्री तामाङले जानकारी दिनुभयो ।

53 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्