sajhaartha.com ८ पुष २०८१, सोमवार
८ पुष २०८१, सोमवार
23rd, December 2024, Monday
ताजा खबर

वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी

४ असोज २०८१, शुक्रवार साझा अर्थ संवाददाता
139
Shares

काठमाडौँः उपप्रधान एबं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी रहेको बताउनु भएको छ । एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको अन्तर्राष्ट्रिय सम्मेलनको आज काठमाडौँमामा उद्घाटन गर्दै पौडेलले सो कुरा बताउनु भएको हो ।  
सम्मेलनको उद्घाटन गर्दै मन्त्री पौडेलले वित्तीय प्रणालीमा जनविश्वासको सर्वाधिक महत्व हुने उल्लेख गर्दै वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी रहेको बताउनुभयो । कुनै कारणले बैंक तथा वित्तीय संस्था समस्याग्रस्त हुन पुगेमा साना निक्षेपकर्ताको सम्भावित क्षति संरक्षण गर्न र वित्तीय प्रणालीमा रहेको जोखिम न्यूनीककरण गर्न थप विश्वसनीय बनाउन निक्षेप तथा कर्जा सुरक्षण कोषको भूमिका महत्वपूणर् हुने उहाँको भनाई थियो । नविन सोच तथा प्रविधिमा आधारित नवप्रवर्तन व्यवसायलाई वित्तीय पहुँच सुनिश्चित गर्न संस्थागत सुरक्षणको प्रबन्ध अत्यावश्यक हुनेमा मन्त्री पौडेलले जोड दिनुभयो । एसियाली देशका सुरक्षण संस्थाको ३६ औँ सम्मेलन (एसिक कन्फ्रेन्स)मा १६ देशका सरकारी निकायका प्रतिनिधिहरुको सहभागिता रहेको छ । सम्मेलन नेपालले ३० वर्षपछि आयोजना गरेको हो । सम्मेलनमा सहभागी देशका निक्षेप तथा कर्जा सुरक्षण निकायका प्रतिनिधिले आफ्नो अनुभव राख्नेछन् ।

साझा अर्थ संवाददाता
४ असोज २०८१, शुक्रवार

139

Shares

सम्बन्धित समाचार