पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा झिनो गिरावट, कारोबार रकम २ अर्ब ८० करोडमा सीमित

साझा अर्थ संवाददाता ३० वैशाख २०८३, बुधवार

काठमाडौँ : साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ४.१५ अंकले घटेर २,७४०.२५ विन्दुमा बन्द भएको छ।

कारोबार अवधिभर बजारमा सामान्य उतारचढाव देखिए पनि अन्तिम समयमा परिसूचक रातो अंकमै सीमित भयो। नेप्से ०.१५ प्रतिशतले घट्दा बजारमा ठूलो बिक्री दबाब भने देखिएन।

आज कारोबारमा आएका कम्पनीहरूको ५६ लाख ४३ हजार २८८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २ अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँ पुगेको छ।

बजारको आन्तरिक अवस्था हेर्दा ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७६ कम्पनीको मूल्य घटेको छ। १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। घट्ने कम्पनीको संख्या बढी हुँदा समग्र बजारमा दबाब देखिएको हो।

पछिल्लो समय बैंकिङ प्रणालीमा ब्याजदर घट्दो क्रममा रहे पनि लगानीकर्ता आगामी बजेट र मौद्रिक नीतिको प्रतीक्षामा देखिएका छन्। यही कारण बजारमा आक्रामक खरिद चाप नदेखिएको विश्लेषण गरिएको छ।

प्राविधिक रूपमा नेप्से अहिले २,७४० आसपासको क्षेत्रमा टिक्ने प्रयासमा देखिन्छ। तर कारोबार रकम कमजोर रहँदा बजारको आगामी दिशा अझै स्पष्ट भइसकेको छैन।

183 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्