पात्रो

रेडियो

समाचार खोजी

सानिमा इक्विटी फण्ड–२ को इकाइ बिक्री खुला

साझा अर्थ संवाददाता २४ वैशाख २०८३, बिहिवार
समाचार सारांश
  • सानिमा क्यापिटलले 'सानिमा इक्विटी फण्ड–२' को इकाइ बिक्री खुला गरेको छ।
  • यो १० करोड इकाइको बन्दमुखी योजना हो, जसको प्रतिइकाइ मूल्य १० रुपैयाँ छ र आवेदन वैशाख २४ देखि खुल्ला छ।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ : सानिमा क्यापिटल लिमिटेडले आजदेखि ‘सानिमा इक्विटी फण्ड–२’ को इकाइ बिक्री खुला गरेको छ। सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यो बन्दमुखी योजनाको इकाइ बिक्री आज अर्थात् वैशाख २४ गतेदेखि खुला भएको हो।

यस योजनामा लगानीकर्ताले छिटोमा वैशाख २९ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि जेठ ७ गतेसम्म लम्बिन सक्नेछ।

योजनाअन्तर्गत प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाइ निष्कासन गर्न लागिएको हो। कुल निष्कासनमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाइ कोष प्रवर्द्धक सानिमा बैंक लिमिटेडका लागि सुरक्षित गरिएको छ।

त्यस्तै, २ प्रतिशत अर्थात् २० लाख इकाइ योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडका लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि खुला गरिएको हो।

सानिमा इक्विटी फण्ड–२ बन्दमुखी म्युचुअल फण्ड योजना हो। यसमा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सक्नेछन्।

151 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु