काठमाडौेंः सर्वोत्तम पेन्ट्सको आइपीओ बैशाख २१ बाट विक्री खुल्ला हुने भएको छ । बैदेशीक रोजगारीमा रहेको नोपालीका लागि सो आइपीओ विक्री खुल्ला हुने भएको हो ।
कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति नियमक निकाएबाट पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । आइपीओ निश्काशन बन्छ छिटोमा बैशाख २४ तथा बढीलेमा जठ चार गते हुने छ।