पात्रो

रेडियो

समाचार खोजी

उन्नति सहकार्य लघुवित्तको प्रवर्द्धक–सार्वजनिक सेयर अनुपात परिवर्तन

साझा अर्थ संवाददाता २३ माघ २०८२, शुक्रवार

काठमाडौं, माघ २३: उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड (USLB) ले प्रवर्द्धक–सार्वजनिक सेयर अनुपात परिवर्तनसम्बन्धी सूचना प्रकाशित गरेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि संस्थाको हाल कायम रहेको प्रवर्द्धक ६२.४१ प्रतिशत र सार्वजनिक ३७.५९ प्रतिशत सेयर संरचना परिवर्तन भई अब प्रवर्द्धक ५५.५८ प्रतिशत र सार्वजनिक ४४.४२ प्रतिशत कायम हुने भएको हो।

हाल संस्थाको कुल २४ लाख ६८ हजार ६५७ कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत रहेका छन्। यसमध्ये प्रवर्द्धक समूहको ६२.४१ प्रतिशत अर्थात् १५ लाख ४० हजार ६८९ कित्ता र सार्वजनिक समूहको ३७.५९ प्रतिशत अर्थात् ९ लाख २७ हजार ९६८ कित्ता सेयर रहेका छन्। नयाँ संरचनाअनुसार अब प्रवर्द्धक सेयर ५५.५८ प्रतिशत अर्थात् १३ लाख ७२ हजार ०७९.५६ कित्ता र सार्वजनिक सेयर ४४.४२ प्रतिशत अर्थात् १० लाख ९६ हजार ५७७.४३ कित्ता कायम हुनेछन्।

सूचनाअनुसार, नयाँ सेयर संरचनाअनुसार सेयर कायम राख्न चाहने प्रवर्द्धक सेयरधनीहरूले सूचना प्रकाशित मितिले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालयलाई जानकारी गराउनुपर्नेछ। नेप्सेमा उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १ हजार ४६६ रुपैयाँमा अन्तिम कारोबार भएर बन्द भएको छ।

184 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ