काठमाडौः आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने भनिएको चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक नहुने भएको छ । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाले मौद्रिक नीतिको अध्ययन गर्न खोजेपछि मौद्रिक नीतिको सार्वजनिक गर्ने काम स्थगित भएको बताइएको छ ।
यस अघि राष्ट्रबैकले आज अपरान्ह मौद्रीक नीति सार्वजनिक गर्ने तयारी गरेको थियो ।
साझा अर्थ संवाददाता