काठमाडौं : वित्त कम्पनीहरुले चालु आवको दोस्रो त्रैमासमा सुधारिएको वित्तीय विवरण सार्वजनिक गरेका छन्। गत वर्ष नेप्सेमा सुचीकृत १५ वटा वित्त कम्पनीको खुद मुनाफा ७३ करोड २ लाख रुपैयाँले ऋणात्मक रहेकोमा चालु आवको दोस्रो त्रैमासमा ३२ करोड ७७ लाख रुपैयाँले सकारात्मक रहेको छ।
गत वर्षको दोस्रो त्रैमासमा १५ वटा वित्त कम्पनीमध्ये ६ वटा कम्पनीले खुद नोक्सानीमा गएको वित्तीय विवरण सार्वजनिक गरेकोमा चालु आवमा खुद घाटामा जाने कम्पनी ३ वटामा सिमित भएको छ।
१५ वटा वित्त कम्पनीमध्ये मञ्जुश्री फाइनान्सले सबैभन्दा धेरै १३ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन्। गुडविल फाइनानसले ११ करोठ १७ लाख, गोर्खाज फाइनान्सको नाफा ६ करोड १६ लाचख, सेन्ट्रल फाइनानसको ३ करोड ९१ लाख, आइसीएफसी फाइनान्सको ३ करोड २० लाख, पोखरा फाइनान्सको २ करोड ९५ लाख, बेस्ट फाइनान्सको १ करोड ७४ लाख, गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्सको १ करोड ६८ लाख रुपैयाँ, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको १ करोड २१ लाख रुपैयाँ नाफा कमाएका छन्।
मल्टिपर्पोज फाइनान्स, रिलायन्स फाइनान्स र समृद्धि फाइनान्सको खुद म्नाफा १ करोड भन्दा मुनि छ भने जानकी फाइनान्स, प्रोगे्रसिभ फाइनान्स र नेपाल फाइनान्सले खुद नोक्सानीमा गएको वित्तीय विवरण सार्वजनिक गरेका छन्।