पात्रो

रेडियो

समाचार खोजी

कलाकार भिसामा युरोप पठाउने भन्दै ठगि गरेको आरोपमा इकु पक्राउ

साझा अर्थ संवाददाता २६ भदौ २०८१, बुधवार

 इकु भनेर चिनिने कलाकार सुर्यमान शंकर व्यक्ति ठगीको आरोपमा पक्राउ परेका हुन् । कलाकार भिसामा युरोप पठाउँछु भनेर प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ लिएर ठगि गरेको आरोपमा उनि पक्राउ परेका हुन् ।  । ईकुले  कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने भनी ठगी गर्दै आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

ईकुले आफूले सञ्चालन गरिरहेको एसएमएस फिल्मसको नाममा रहेको ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखी २० लाख रुपैयाँसम्म रकम जम्मा गर्न लगाउने गरेको पाइएको छ ।

 पिडितहरुले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी हुँदैछ तयारी भएपछी खबर गर्छु भनी पडितहरुलाई लामो समयसम्म झुलाउने गरेको पाइएको छ ।

इकुलाई भदौ २५ गते काठमाडौं बुढानिलकण्ठ नगरपालिका–३, हात्तिगौंडाबाट पक्राउ गरी जिल्ला अदालत काठमडौंबाट दिन अनुसन्धानका लागि ५ दिनको म्याद थपेको सीआईबीले जनाएको छ ।

309 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता