पात्रो

रेडियो

समाचार खोजी

दशैंलाई सुकिला नोट १३ असोजदेखि

साझा अर्थ संवाददाता २६ भदौ २०८१, बुधवार

 
यो बर्ष दशैं तिहारलाई राष्ट्र बैंकले नयाँ नोट नदिने निर्णय गरिसकेको छ । तर, असोज १३ गतेदेखि सुकिला नोट सटहीको सुविधा भने पाइने भएको छ ।

यो वर्ष नयाँ नोट छपाई नगरेपनि पुरानै सुकिला नोटलाई प्रयोगमा ल्याउने गरी व्यवस्था मिलाएको नेपाल राष्ट्र बैंकले जनाएको हो ।  राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलका अनुसार राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य  बैंक तथा वित्तीय संस्थाहरूबाट नोट साट्न सकिने व्यवस्था मिलाइएको छ ।


गत वर्षहरुमा जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले (एक सेट) सुकिला नोट सटही सुविधा प्रदान गरिनेछ । रु.५, रु.१०, रु.२०, रु.५० र रु.१०० दरका सुकिला नोट साट्न सकिन्छ । 

166 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ